पहिलोपटक चेपाङ समुदायबाट बने मन्त्री

डिसी नेपाल
९ पुष २०७८ २०:०१

हेटौंडा । पहिलो पटक लोपोन्मुख चेपाङ समुदायबाट मन्त्री बनेका छन् । बागमती प्रदेशमा पहिलोपटक चेपाङ मन्त्री बनेका हुन् ।

शुक्रबार बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारमा सन्तबहादुर चेपाङलाई राज्यमन्त्री बनाएका छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका ७ धिराङका चेपाङ भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएका हुन् । सन्तबहादुर नेपाली कांग्रेसबाट समानुपातिकमा प्रदेशसभा सदस्यमा चुनिएका थिए ।

उनले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *