गल्ती सुधार्दै इतिहास कायम राख्ने ः काङ्ग्रेसका नेता अर्जुननरसिंह केसी

डिसी नेपाल
२२ मंसिर २०७५ १३:०३

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले विगतमा पार्टीभित्र भएका गल्ती औँल्याउँदै अगाडि बढ्ने बताएका छन् ।

आज प्रेस युनियन काठमाडौँ साँखु शाखाको तेस्रो अधिवेशनका क्रममा शङ्खरापुरको साँखु पुगेका केसीले पार्टीभित्रका कमीकमजोरीलाई सुधार्दै नयाँ इतिहास कायम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सरकारले नौ महीनासम्मको कार्य मूल्याङ्कन गर्दा विकासको गतितर्फ उन्मुख नदेखिएको उनको भनाइ छ । पछिल्लो समय सरकारले प्रेस क्षेत्र र सूचनाको हकबाट वञ्चित गराउने कार्य गर्दै आएकामा समेत आपत्ति उनले जनाए । अधिवेशनका क्रममा केसीले पत्रकारले चित्रभन्दा चरित्र, नेताभन्दा नीति र व्यक्तिभन्दा विचार केलाउन सकेमा पत्रकारिताको हितका साथै देश समृद्धितर्फ उन्मुख हुने बताए ।

अधिवेशनले गौरीनाथ श्रेष्ठको अध्यक्षतामा ११ कार्यसमिति चयन गरिएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता, लक्ष्मण घिमिरे, दीपक कुइँकेल, प्रेस युनियनका पूर्वअध्यक्षद्वय कुलचन्द्र वाग्ले र मुरारीकुमार शर्मा, लोकेश ढकाल, उपेन्द्र कार्की, प्रेस युनियनका वरिष्ठ अध्यक्ष दीपक आचार्य, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, शिव लम्साल लगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *