कांग्रेस सभापति,पदाधिकारीसहित सम्पूर्ण निर्वाचित केन्द्रीय सदस्यले पाए प्रमाणपत्र

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा निर्वाचित सभापति शेरबहादुर देउवा,सहित पदाधिकारी र केन्द्रीय सदस्यहरुले आज निर्वाचित प्रमाणपत्र ग्रहण गरेका छन्।
कांग्रेस केन्द्रीय पार्टी कार्यलय सानेपामा आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सभापति देउवासहित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
कांग्रेस महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन्।
प्रतिक्रिया
Facebook Comment