माओवादी महाधिवेशनस्थलमा प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन् । देउवा अपरान्ह सवा ३ बजे देउवा कमलादी पुगेका हुन् ।
शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउने निर्णयलाई आइतबार बसेको केन्द्रीय समितिले अनुमोदनपछि उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसअघि भनिएको सम्मेलनमा कुनैपनि अतिथिलाई नबोलाउने निर्णय गरिएकाे थियो।
प्रतिक्रिया
Facebook Comment