माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र (फोटोफिचर)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आयोजनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका छन् ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलको नेता दुर्गा पौडेललगायत शीर्ष नेता महाधिवेशनस्थल पुगेकी हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्तीकुमारी शाही, नेकपा (माले)का महासचिव सिपी मैनाली र नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेल पनि शुभकामना दिन कार्यक्रमस्थल पुग्नुभएको छ । नेताहरूबाट शुभकामना मन्तव्य दिनेक्रम जारी छ ।
Facebook Comment