ओली र प्रचण्डबीच फोनमा कुराकानी, के भने ओलीले ?

डिसी नेपाल
११ पुष २०७८ १९:१५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुराकानी भएको छ ।

नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको महाधिवेशन अघि प्रचण्ड र ओलीबीच कुराकानी भएको हो ।

ओलीलाई प्रचण्डले आफूहरुको महाधिवेशनमा सहभागी हुन निम्तो गर्नका लागि आइतबार विहान फोन गरेको जानकारी दिएका छन् ।
‘मैले उहाँलाई फोत गरेको थिएँ’ प्रचण्डले भने, ‘झापमा हुनुहुँदो रहेछ । काठमाडौंमा भए आइहाल्थे भनेर भन्नु ‍भयो । सम्मेलनमा कोही अरु नेता नबोलाउने भनेर म आइहाले भन्नु भयो, महासचिवलाई पठाउछु भन्नुभयो । महासचिवको रुपमा उहाँले जे राख्नुभयो त्यो मनन गर्न योग्य छ।’

तत्कालीन नेकपा विभाजित भएपछि ओली र प्रचण्डबीच कुराकानी हुन सकेको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *