मन्त्री रेग्मीद्वारा ज्येष्ठ नागरिकलाई कपडा र खानेकुरा वितरण

काठमाडौं ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले काठमाडौँमा रहेका दुई आश्रममा पुगेर ज्येष्ठ नागरिकलाई कपडा र खानेकुरा वितरण गरेका हुन् । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा उनले पशुपतिस्थित ज्येष्ठ नागरिक आश्रम र रानीवनस्थित मानव सेवा आश्रम पुगेर त्यहाँका ज्येष्ठ नागरिकसँग भेट गरेका हुन् ।
मन्त्री रेग्मीसँगै सचिव यामकुमारी खतिवडा र मन्त्रालयका कर्मचारी पनि आश्रम पुगेका थिए । मन्त्री रेग्मीले त्यहाँ रहेका ज्येष्ठ नागरिकलाई हरलिक्स र पछ्यौरा वितरण गरेका थिए। मन्त्री रेग्मीले ज्येष्ठ नागरिकलाई सरकार साथमा रहेको भन्दै उनीहरुलाई सान्त्वना दिएका थिए । आश्रममा ६५ महिला र ३७ पुरुष गरी १०२ ज्येष्ठ नागरिक रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment