साताैँ महाधिवेशनमा यस्ताे थियाे प्रचण्डकाे राजनीतिक प्रतिवेदन

काठमाडाैं। काठमाडाैंमा जारी ८औँ महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियापछिका कमीकमजाेरी उल्लेख गरेका छन्। ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा प्रचण्डले ‘समाजवादउन्मुख समृद्धि’ पार्टीको मूल कार्यनीति बनाउन प्रस्ताव गरेका छन्।
२०-२५ माघ २०६९मा हेटाैँडामा भएकाे साताैँ महाधिवेशनमा पार्टीकाे नाम एकीकृत नेकपा माओवादी थियाे। अहिले माओवादी केन्द्र रहेकाे याे पार्टी तेस्राे दलमा खुम्चिएकाे छ । त्यतिखेर पनि प्रचण्डले पार्टीकाे कमीकमजाेरी बारे उल्लेख गरेका छन्।
त्यतिखेर प्रचण्डले भनेका छन्- शान्ति प्रक्रियामा प्रवेशको तयारी र यसको समग्र विकासका सन्दर्भमा पार्टी र मुख्य रुपमा मुख्य नेतृत्वबाट कैयौं गम्भीर गल्ती कमजोरी पनि भएका छन् । त्यस प्रकारका कमजोरीहरुको स्पष्ट किटान गर्नु र कमजोरीहरुबाट शिक्षा लिई अगाडि बढ्ने संकल्प गर्नु आज पार्टीका अगाडिको सर्वाधिक ठूलो चुनौती हो । यसलाई पार्टीले इमान्दारीपूर्वक स्वीकार गर्नु पर्दछ ।’
साताैँ महाधिवेशनमा प्रचण्डकाे राजनीतिक प्रतिवेदनकाे पूर्णपाठ यस्ताे थियाे
Facebook Comment