भारतमा ओमिक्रोनबाट ७८१ संक्रमित
नयाँ दिल्ली। भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन दिनानुदिन बढ्दै गइरहेको छ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७८१ पुगेको छ ।
भारतको २१ राज्यमा ओमिक्रोन फैलेको छ। ओमिक्रोनबाट संक्रमित हुनेमध्ये सबैभन्दा धेरै नयाँ दिल्लीका छन् । पछिल्लो तथ्यांकअनुसार दिल्लीमा २३८ र महाराष्ट्रमा १६७ जनामा नयाँ भेरियन्ट देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा नौ हजार १९५ जनामा कोरोना भाइरस फेला परेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा ४४ प्रतिशतले बढी हो । सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा अहिलेसम्म एक अर्ब ४३ करोड डोज कोभिड खोप खपत भएको छ ।
प्रतिक्रिया
Facebook Comment