रत्ननगरका विद्यार्थीको मुटु जाँच
चितवन । रत्ननगर नगरपालिका वडा नं ६ चितवनमा रहेको बछौली माविमा अध्ययनरत विद्यार्थीहरुको शुक्रबार मुटु परीक्षण गरिएको छ ।
नेपाली मजदुर एकता समाज , गैरिबारी रिसोर्ट सौराहा र चितवन मुटु अस्पतालको सयुक्त आयोजनामा भएको शिविरमा ४५० जना विद्यार्थी र १९ जना शिक्षकहरुको मुटु परीक्षण गरिएको थियो। शिविरमा मुटुमा समस्या देखिएका ३६ जना विद्यार्थीको मुटुको भिडियो एक्सरे पनि गरिएको छ ।
शिबिरमा बरिष्ट मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी नेतृत्वको डाक्टर तथा प्राविधिक टिमले विद्यार्थीहरुको मुटु परीक्षण गरेका थिए । शिविर लोकराज भूषाल र रामचन्द्र सापकोटाको व्यवस्थापनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया
Facebook Comment