माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा

डिसी नेपाल
१८ पुष २०७८ १८:२०

काठमाडौं । नेकपा माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको छ।

आइतबार जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय समितिमा तय भएको संख्याबारे प्रतिनिधिहरुलाई सुनाएका हुन्।

‘खुला तर्फ १४५ जना हुने भए, दुइवटै जोड्दा २ सय ९९ भयो । समानुपातिकबाट १२५ जना प्रस्तुत हुँदैछन् । खुलाबाट १११ जना । यसो गर्दा २३६ जनाको केन्द्रीय समिति घोषणा हुने भयो । समानुपातिकमा फेरि सम्बोधन गर्न सकिने ठाउँ रह्यो । खुला तर्फ ३४ जना बाँकी रह्यो’ उनले भने ।

अध्यक्ष प्रचण्डले अहिले सदस्यहरुको नाम वाचन गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *