प्रचण्डले प्रस्ताव गरेका २३६ केन्द्रीय सदस्य बन्दशत्रले पारित गर्यो

काडमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको २३६ जनाको केन्द्रीय समिति सदस्यको नाम बन्दशत्रले पारित गरेको छ ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दशत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गरेका थिए । माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ । बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका छ । यस्तै, माओवादीको पदाधिकारी १५ सदस्यी हुने व्यवस्था गरिएको छ ।
सर्वसहमतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment