राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गर्न बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौं।सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन गरिने भागबन्डामा विषयमा छलफल भइरहेको छ ।आउँदो १२ माघमा राष्ट्रिय सभाका १९ सदस्यका लागि हुन लागेको निर्वाचनमा गठबन्धनभित्रबाट भागबन्डा मिलाएर उम्मेदवारी दिने तयारी स्वरुप बैठक बसेको हो ।
कांग्रेसले १०, माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी० चार चार र जनता समाजवादी पार्टीलाई एक सिट दिने गरी भागबन्डा गरिन लागेको चर्चाकामाझ गठबन्धनको बैठक बसेको हो ।मंगलबार उम्मेदवारी मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका रहेकाले अघिल्लो दिन सोमबार गठबन्धनको बैठक बसेको हो ।
प्रतिक्रिया
Facebook Comment