अण्डा खानुहुन्छ ? कसरी र कति खाने ?

डिसी नेपाल
१९ पुष २०७८ १३:५३

काठमाडौं । अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व पनि पाइन्छन् । अण्डालाई प्रोटिनको राजा पनि मानिन्छ ।अण्डा आँखाका लागि पनि उपयोगी मानिन्छ । तर एकदिनमा कति अण्डा खाने ? पकाउने सही तरिका के हो ? भन्नेबारेमा सबैलाई थाहा हुँदैन ।

एक अध्ययनका अनुसार एक दिनमा एक  दुइ वटा मात्र अण्डा खानु राम्रो भनेको छ । हुनत धेरै खाँदा पनि हुन्छ । तर, धेरै खाँदा ध्यान पुयाउनुपर्ने हुन्छ । चिकित्सकका अनुसार दैनिक भोजनमा अन्य खालका प्रोटीन पनि हुन्छन् । खानामा आवश्यकभन्दा दुई या तीन गुणा बढी प्रोटीनको उपभोगले मिर्गौलामा खराब असर गर्ने चिकित्सकहरु बताउँछन् ।

अण्डामा कोलेस्टेरोल हुन्छ भन्ने प्रमाणित भएपछि ब्रिटिश हार्ट फाउण्डेसनले सन् २००७ मा हप्तामा तीनवटा अण्डामात्र खाने सल्लाह दिएको थियो । मुटुसम्बन्धी बेलायती संस्थाका अनुसार एउटा अण्डामा ४.६ ग्राम अर्थात् एक चम्चा बोसो हुन्छ । तर यसको एक चौथाई भागमात्र स्याचुरेटेड हुन्छ । यसको मतलब अण्डाकै कारण शरीरको कोलेस्टेरोलमा ठूलो असर पर्दैन भन्ने हो । तर अण्डासँग मख्खन या क्रिम खानाले अर्को नतिजा निस्कन्छ ।

एक अध्ययनका अनुसार सप्ताहमा ६ वटा अण्डाको सेवन गर्ने महिलामा स्तन क्यान्सरको खतरा ४४ प्रतिशत कम देखिएको छ । एउटा अण्डामा ६ ग्राम उच्च गुणयुक्त प्रोटीन र शरीरको लागि आवश्यक ९ अमीनो एसिड पाईन्छ । सल्फर लगायत अन्य खनिज-भिटामिन हुनुको कारण अण्डा कपाल र नंगको लागि लाभदायक मानिन्छ ।

अण्डामा भरिपूर्ण मात्रामा भिटामिन(डी पाईन्छ, जसले हड्डीलाई बलियो बनाउनको लागि निकै आवश्यक हुन्छ । यसले शरीरमा सूर्यको किरणको अवशोषणमा मद्दत गर्छ, जसले हड्डी बलियो हुन्छ ।१०(अण्डा पोषक तत्वले भरिपूर्ण हुन्छ ।

चिकित्सकका अनुसार अण्डा सादा तरिकाले उमालेर खाँदा राम्रो हुने बताउँछन् । अमलेट बनाइएको या फ्राइ गरिएको अण्डामा कोलेस्टेरोलको मात्रा बढ्छ । हालेर काँचो तथा हल्का तरिकाले पकाइएको अण्डा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कसैलाई फुड प्वाइजनिङको डर छ भने त्यस्ता व्यक्तिले अण्डालाई राम्ररी पकाएर खाँदा राम्रो हुन्छ ।

यदि अण्डाको बोक्रा चर्किएको छ भने त्यस्तो अण्डा किन्नुहुँदैंन । किनभने त्यसमा ब्याक्टेरिया हुने खतरा हुन्छ । एउटा अण्डाको खान योग्य समय २८ दिनको हुन्छ ।
ताजा हो कि होइन भनेर कसरी थाहा पाउने ?
अण्डा ताजा हो कि होइन भन्ने जान्न एउटा कचौरामा चिसो पानी लिनुपर्छ । त्यसमा अण्डा हाल्नुपर्छ । यदि अण्डा डुब्छ भने त्यो ताजा हो, डुब्दैन भने त्यो ताजा होइन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *