अर्घाखाँची पाणिनी गाउँपालिका उपाध्यक्ष गौतमले गरिन कांग्रेस प्रवेश

डिसी नेपाल
१९ पुष २०७८ १५:३३

काठमाडौं।एमालेबाट पाणिनी गाउँपालिका उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।कांग्रेस पाणिनी गाउँसमितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले गौतमलाई पार्टी प्रवेश गराएका हुन् ।

गाउँपालिका महासंघको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ गौतमले एमाले विभाजन हुँदा नेकपा एसको पक्षमा सनाखत गरेकी थिइन् । गौतमसँगै नेकपा एसमा सनाखत गरेका वडा सदस्य प्रकाश भुसाल एमालेमा फिर्ता भइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *