राष्ट्रियसभा बैठक आइतबार बस्ने

डिसी नेपाल
२० पुष २०७८ १९:२२

काठमाडौं। राष्ट्रियसभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्ने गरी समय निर्धारण गर्नुभएको महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ ।

उक्त सभाको पुस ५ गतेको बैठकले अर्को सूचनाद्वारा मिति र समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *