थारु समुदायमा माघी पर्वको तयारी
काठमाडौं ।दाङ घोराही–९ का खुशीराम चौधरी यतिखेर निकै व्यस्त छन् । नजिकँदो माघी पर्वका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न उाी दैनिक जङ्गल धाउन थालेका छन्।
“तीन दिन भयो, जङ्गलबाट दाउरा काटेर ल्याएँ । अब पात टिप्न थालेको छु । दुनाटपरी लगाउनुछ”, उनले भने, “माघीमा पाहुना धेरै आउँछन्, माघीमा चाहिने मासु र अन्नको पनि जोहो गर्नुछ । अब फुर्सद हुन्न ।”
घोराहीका भुवन चौधरीले भुवन चौधरीले पनि माघीमा आवश्यक बङ्गुर, बाख्रा, दाउरा, माघीमा पकाइने परिकारका लागि चामल, पिठोको जोहो गर्नमा व्यस्त छन् । “माघी हाम्रो प्रमुख पर्व हो । हाम्रा लागि यो नयाँ वर्षको शुरुआत हो । यस समयमा हामी खानपान, रमाइलो मात्र होइन, वर्षभरि गर्ने कामको योजना बनाउने काम गर्छौं”, उाले भो, “यससँगै हामी माघीमा खानपान र रमाइलो गर्ने गर्दछौँ । यो समयमा थारु संस्कृति झल्कने नाचगान गर्ने गरिन्छ ।”
माघी थारु समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले पर्व मनाउन लागि एक साता अघिदेखि नै तयारी शुरु गरिएको छ । माघीका लागि आवश्यक पर्ने जिता खोज्ने, खाने मानिसको सूची बनाउनेलगायतका तयारी भइरहेको घोराही माघी महोत्सव आयोजक समितिका संयोजकसमेत रहेका चौधरीले बताए। दाङका थारु बस्तीमा अहिले माघी पर्वको रौनक छाएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका थारु बस्तीमा चहलपहल बढेको हो । यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ ।
माघी नजिएकाले थारु बस्तीमा अहिले दाउरा सङ्कलन, पात टिपेर दुनाटपरी बनाउने, कुटानी पिसानीलगायतका कार्य धमाधम भइरहेका छन् । यतिखेर गाउँगाउँमा रातभर आगो बाल्ने चलन अनुसार दाउरा सङ्कलन, धान, चामल कूटानपिसान, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त छन् । माछा मार्ने, ढिर्की, रोटी पकाउने, अनदीको विशेष झोल, (जाँड)अनदीको रोटी, भातलगायत विशेष मीठा मीठापरिकारको जोहो माघमा गर्ने चलन छ ।
Facebook Comment