नेता नेपालीको भोकहडताल तोड्न कांग्रेस उपसभापति महोत्तरी आउँदै

डिसी नेपाल
२२ पुष २०७८ १८:१२

काठमाडौं।नेपाली कांग्रेस महोत्तरीका अनसनरत नेता बजरङ्ग नेपालीले केहिबेरमा अनसन तोड्ने भएका छन् ।कांग्रेसका उपसभापति धनराज गुरुङको उपस्थितिमा दुई दिनदेखि भोक हडतालमा रहेका नेपालीले अनसन तोड्ने महोत्तरी कांग्रेसले जनाएको छ ।

अनसनरत नेपाली तथा नेपाली कांग्रेसको जुन माग थियो त्यो केन्द्रबाट सम्बोधन भएको छ त्यसैले भोकहडताल अहिले केहीबेरमा तोड्दै छौं,ु नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले जानकारी दिए ।नेता नेपालीले विवादित क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन सकाएपछि मात्र जिल्ला अधिवेशन गराउनुपर्ने माग राख्दै दुई दिनदेखि भोक हडताल सुरु गरेका थिए ।

नेपाली कांग्रेस महोत्तरीका पूर्व महासचिव समेत रहेका नेपालीको भोकहडताललाई केन्द्रले ध्यानाकर्षण जनाउँदै दुई माघमा क्षेत्र नम्बर ३ को अधिवेशन निर्धारण गरेको छ ।अहिले केहीबेरमा नै कांग्रेस उपसभापति धनराज गुरुङ पार्टी कार्यालयमा आएर नेता नेपालीको अनसन तोड्ने नेपाली कांग्रेस महोत्तरीले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *