व्यावसायिक शिक्षा नीति आवश्यकः मन्त्री बराल

काठमाडौं। गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले मुलुकमा व्यावसायिक शिक्षा नीति आवश्यक रहेको बताएका छन्। पोखरा– १५ रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालयको ३८औँ वार्षिक खेलकुद दिवसको आज उद्घाटन गर्दै मन्त्री बरालले देशको उन्नति र प्रगति हुने शिक्षा नीति आवश्यक भएको बताए ।
नेपालको शिक्षा नीति समयसापेक्ष हुनुपर्नेमा जोड दिँदै मन्त्री बरालले शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकासको लागि खेलकुद अपरिहार्य हुने विश्वास व्यक्त गरे । खेलकुदले प्रत्येक व्यक्तिलाई अनुशासित र शारीरिकरुपमा मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै उनले खेलकुद आम जनताको पहुँचमा पु¥याउनुपर्ने आवश्यकता औँल्याए ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रअ किरण सापकोटा लगायतले बोलेका थिए । सो अवसरमा छात्रछात्राले विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
Facebook Comment