पूर्वमन्त्री लेखराज भट्टलाई डोटीमा कालो झण्डा देखाइयो

डिसी नेपाल
२३ मंसिर २०७५ १३:३२

डोटी । नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टलाई डोटीमा कालो झण्डा देखाइएको छ।

उनको पूख्र्यौली घर भएको डोटीमा पर्याप्त सम्भावना, पुर्वाधार, प्रदेशको केन्द्र विन्दुलगायतका धेरै सम्भावना भएको साविकको क्षेत्रीय सदरमुकाम दिपायलबाट जंगलमा राजधानी सारेको भन्दै नेपाली काँग्रेसका भातृ संगठनहरुले कालो झण्डा देखाएका हुन्।

सहिद स्मृति आवाशीय विद्यालयको कार्यक्रमका लागि डोटी पुगेका भट्टलाई नेपाली काँग्रेसका भातृ संगठनहरु नेवि संघ, नेपाल तरुण दल, तथा लेखक संघलगायतको संयुक्त टोलीले कालो झण्डा देखाएको हो।

जिम्मेवार नेतृत्वबाट डोटीका विरुद्धमा गैर जिम्मेवारी र तथ्यहिन अभिव्यक्ति दिदैं गोदावरीको जंगलमा राजधानी सारिनु र प्रदेशको नाम सुदूरपश्चिम राख्नु आपत्ति जनक कुरो हो। नेवि संघका पूर्व केन्द्रीय सदस्य विजय ओझाले भने, ‘डोटीबाट राजधानी खोस्ने, यहाँका जनताको अधिकार खोस्ने जो कोहीका बिरुद्ध नेबि संघ सधैंभरी लागि रहने छ।’

उनी विरुद्ध नाराबाजी सहित प्रदर्शन गरिएको थियो। डोटीका बिरुद्धमा प्रदेशमा मत हाल्ने नेता, मुख दर्शक बनेर बस्ने डोटीबाट निर्वाचित सांसदलगायत सबैलाई कालो झण्डा देखाइने नेपाल तरुण दलका नगर सभापति लालबहादुर कठायतले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *