सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्छः महामन्त्री शर्मा

डिसी नेपाल
२३ पुष २०७८ १९:३०

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज आयोजना गरेको कार्यक्रममा उनले समाज रुपान्तरण नभएसम्म देश विकास सम्भव नभएकाले शिक्षा स्वास्थ्यमा लगानी गर्नुपर्ने उनको तर्क थियो ।

समाज रुपान्तरण नभएको कारणले दिनदिनै अपराधिक घटना वृद्धि हुने क्रम बढ्दै गएको महामन्त्री शर्माले बताए । विकासका नाममा सडक, भवन निर्माण, बाटो, खानेपानीजस्ता विषयमा सरकारले लगानी गरेकाले समाजमा परिर्वतन आउन नसकेको शर्माले बताए। उनले भने, “राम्रो काम गर्न नेपालमा जन्म लिएका हौँ । पाथिभराको काखमा जन्म लिएका हौँ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *