माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

डिसी नेपाल
२५ पुष २०७८ १९:०८

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।

बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै आइतबार बसेको सीसीएमसी बैठकले सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन सिफारिस गर्ने निर्णय गरेको हो।

हिउँदे बिदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समूहका खोपको पूर्ण मात्रा नलगाएका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने सीसीएमसीको निर्णय छ।

परीक्षाको तालिका सार्वजनिक भैसकेका शिक्षण संस्थाको हकमा सामाजिक दूरी कायम गर्दै परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *