एमाले अध्यक्ष ओलीद्वारा आयुर्वेदिक अस्पतालको अवलोकन

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ गेउरियामा निर्माण भएको प्रदेशस्तरीय आयुर्वेर्दिक औषधालय (अस्पताल) को अवलोकन गरेका छन् । उनले औषधालयको आज स्थलगत अवलोकन गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उक्त औषधालयको अवलोकन निरीक्षण गरी त्यसलाई चाँडै सञ्चालनमा ल्याउन पहल गर्ने उनले जानकारी दिए।
स्थानीयवासीले करिब एक बिघा बढी निःशुल्क उपलब्ध गराएको जमिनमा तीनतले सुविधासम्पन्न आयुर्वेदिक औषधालय निर्माण भएको हो । आयुर्वेदिक अस्पतालको संरचना बने पनि सञ्चालनका लागि अझैसम्म सञ्चालनमा आउन सकेको छैन । सो अस्पताल चाँडै सञ्चालन गर्ने व्यवस्था मिलाई दिन गाउँपालिकाले सङ्घीय तथा प्रदेश सरकारलाई आग्रह पनि गरेको छ ।
यसैगरी, पालिकाकी अध्यक्ष मेनुका काफ्लेले यस आयुर्वेदिक अस्पताललाई छिटोभन्दा छिटो सञ्चालनको व्यवस्था मिलाई दिन ओलीसँग आग्रह गरेका थिए । यसैगरी, ओलीले आज नै कमल २ क्याम्पास्थित तोपगाछी खानेपानी आयोजनाको समेत निरीक्षण गरेका थिए।
Facebook Comment