अल्बाकाे चर्को असन्तुष्टि, बालोन डि‘ओरमा ‘गडबडी’ भएकाे आरोप

डिसी नेपाल
२३ मंसिर २०७५ १६:३७

स्पेनिस बार्सिलोनाका खेलाडी जोर्डी अल्बाले यस वर्षको बालोन डि‘ओर अवार्डमा ‘गडबडी’ भएको आरोप लगाएका छन् । उनले यसपटक अवार्डलाई सरासर झुटसमेत भनेका छन् ।

ला लिागमा शुक्रबार राति भएको खेलमा इस्पान्योलविरुद्ध ०–४ को जितपछि पत्रकारसँग कुरा गर्दै टोलीका लेफ्ट ब्याकले यस्तो आरोप लगाएका हुन् । उनले आफ्नो टोलीका कप्तान लिओनल मेस्सी पाँचौं स्थानमा मात्रै पर्नुलाई आश्चार्यजनक पनि भनेका छन् ।

‘मेरा लागि यो बालोन डि‘ओर झुठो हो । यसमा ठूलो गडबडी भएको भन्ने मलाई लागेको छ,’ अल्बाले चर्को असन्तुष्टि जनाउँदै भने, ‘जब मेस्सीजस्ता खेलाडी पाँचौंमा पर्छन् भने योभन्दा लाजमर्दो केही हुन सक्दैन ।’

अल्बाले यो अवार्ड खेलाडीको व्यक्तिगत प्रदर्शन हेरेर दिइने भएकाले मेस्सीले गत वर्ष राम्रो प्रदर्शन गरेको बताए । ‘मैले जानेसम्म बालोन डि‘ओर खेलाडीको व्यक्तिगत प्रदर्शनका आधारमा दिइन्छ, टिमले जितेका उपाधिको आधारमा होइन,’ उनले भने ।

अल्बाले बालोन डि‘ओर सधैं रियल मिड्रडका खेलाडप्रति प्रेरित रहने समेत बताए । ‘मलाई यस्तो लाग्छ कि, यो अवार्ड कहीं न कहीं रियलका खेलाडीप्रति प्रेरित देखिन्छ,’ उनले भने, ‘हुनसक्छ, म यसमा गलत छु ।’

सन् २०१८ को बालोन डि‘ओर रियल मिड्रड तथा क्रोएसियका खेलाडी लुका मोड्रिकले जिते । मेस्सी यसपटक यो अवार्डका लागि पाँचौं स्थानमा मात्रै रहे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *