एमाले अध्यक्ष ओली संखुवासभामा

काठमाडौं। नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली संखुवासभा पुगेका छन्।पूर्वप्रधानमन्त्री ओली आज हेलिकप्टरबाट संखुवासभाको सदरमुकाम खाँदबारी आइपुगेका हुन् ।
उनका साथमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु रहेका छन्। उनीहरुलाई एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का अध्यक्ष तुल्सीप्रसाद न्यौपाने, संखुवासभा जिल्ला अध्यक्ष जीतबहादुर घिमिरेलगायतले स्वागत गरे ।
खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा उद्घाटन हुने अधिवेशनको बन्दसत्र खाँदबारी–३ कृषि बजारमा हुनेछ । उद्घाटनका अवसरमा दुई वडाध्यक्षसहित विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
Facebook Comment