एमाले प्युठानको अध्यक्षमा विष्ट विजयी

डिसी नेपाल
२६ पुष २०७८ १५:१९

काठमाडौं। एमाले प्युठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले तीन सय १४ मत ल्याएका छन् ।

अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत पाए । पदाधिकारीमध्ये उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भएका छन् ।अध्यक्षमा विजयी विष्ट वामदेव गौतम निकट हुन् । उनी गौतमका स्वकीय सचिवालयमा कार्यरत थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *