एमाले कैलाली अध्यक्षमा थापा विजयी, चन्द ४ मतले हारे

डिसी नेपाल
२७ पुष २०७८ ७:२२

धनगढी। नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी भएका छन्। थापाले प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गरेका हुन्। आठौं अधिवेशनमा भएकाे चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले चन्दले २ सय ८३ मतमा चित्त बुझाए।

एमाले कैलालीको उपाध्यक्षमा दुर्गा जोशी विजयी भएका छन्। उपाध्यक्षका अर्का प्रत्यासी सीताराम बुढाथोकीलाई पराजित गर्दै जोशी विजयी भएका हुन्। जोशीले ३ सय २७ मत पाए भने बुढाथोकीले २ सय ९ मत पाएका हुन्।

सचिवमा डेजी पाण्डे २ सय ९४ मत ल्याएर विजयी भएका छन्, भने उनका प्रतिस्पर्धी दानबहादुर विक २ सय ६० मत ल्याएर पराजित भएका छन्। उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन्।

उपाध्यक्ष र सचिवमा विजयी भएका जोशी र पाण्डे दुबै चन्द प्यानलका उममेदवार हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *