राजा खोज्दै राप्रपा सडकमा

डिसी नेपाल
२७ पुष २०७८ १४:११

अर्घाखाँची। गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा अर्घाखाँचीमा नाराबाजी भएको छ। पृथ्वी जयन्तीको अवसरमा राप्रपा अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको प्रदर्शनमा गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा नाराबाजी भएको हो।

सन्धिखर्कको मुख्य चोकहरूमा प्रदर्शन गर्दै राप्रपा कार्यकर्ताहरूले गण्तन्त्र, संघीयता र धर्मनिरपेक्षता देशको लागि आवश्यक नभएकोले देशमा राजतन्त्रको विकल्प नभएको जोड दिएका छन्।

बजार परिक्रमापछि शान्ति बगैँचामा भएको कोणसभामा राप्रपा अर्घाखाँचीका अध्यक्ष दिपक कुँवरले गणतन्त्रवादीहरूले राजाको इतिहास मेट्न खोज्नु दुर्भाग्य भएको बताए। आस्था र विचारका आधारमा इतिहास मेट्ने प्रयास गरिनु दुःखद् रहेको अध्यक्ष थापाले बताए। कार्यक्रममा राजाको पक्षमा नाराबाजी गर्दै राप्रपा कार्यकर्ताहरूले नाचगानसमेत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *