दोलखामा श्रेष्ठ निर्वाचित

काठमाडौं। नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उनले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गरेका थिए। उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा थोकर, उपसचिवमा धमेन्द्र मोक्तान, कमला बस्नेत र सुन्दर कार्की निर्वाचित भए ।
जिल्लाभरका ८३२ प्रतिनिधिमध्ये ८०७ मत खसेकामा श्रेष्ठले ५०९ मत प्रप्त गर्नुभएको थियो भने दुललाले २८४ मत प्राप्त गरेका थिए। निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ लिदै अध्यक्ष श्रेष्ठले पार्टीलाई विधिवत् रुपमा सञ्चालन गरी साङ्गठनिक, आर्थिकलगायत सबै क्षेत्रमा मजबुद बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया
Facebook Comment