इपिएलको लाइभमा केटीमात्र देखाएको भन्दै केटाहरुले यसरी पोखे आक्रोश

डिसी नेपाल
२४ मंसिर २०७५ ५:५९

काठमाडौं। त्रिवि क्रिकेट मैदानमा एभरेष्ट प्रिमियर लिग जारी छ । आज तेस्रो दिनको खेल चलिरहँदासम्म यसको क्रेज बढ्दो छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा फड्को मारेसँगै नेपालमा बढेको क्रिकेट मोह इपिएलको जारी संस्करणमा देख्न सकिन्छ । अहिले इपिएलमा क्रिकेट जगतका बलिया अन्तर्राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु नेपालमा खेल्न आएका छन् । लिगको टेलिभिजनबाट लाइभ प्रसारण भइरहेको छ ।

टेलिभिजनबाट भइरहेको लाइभ प्रसारणमा खेलसँगै खेल हेर्न आएका दर्शक पनि देखाइन्छ । तर, यसरी देखाइने दर्शकमा युवतीहरुलाई बढी फोकस गरिएको भन्दै युवाहरुले विरोध गरेको रोचक दृश्य देखिएको छ । आइतबारको पहिलो खेल चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सबीच हुँदै थियो । यही खेलको दोस्रो इनिङमा युवाहरुले प्लेकार्डसहित विरोध गरेको रोचक दृश्य देखियो ।

हिजो पहिलो इनिङमा ब्याटिङ गर्दै ललितपुरले १४३ रन बनाएको थियो । चितवन टाइगर्सले १४४ रनको लक्ष्य पच्छयाउँदै ब्याटिङ गरिरहेको थियो । चितवनको इनिङको १३ औं ओभर चलिरहँदा क्योराको फोकस त्यही ठाउँमा पर्यो जहाँ बसेर युवाहरुले क्यामेराम्यानकै विरोध गरिरहेका थिए । उनीहरुको हातमा एउटा प्लेकार्ड थियो जसमा लेखिएको थियो ‘क्यामेराम्यान बोका हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *