सीमा विवादमा सरकार कुटनीतिक प्रतिवादमा जानुपर्छ र जान्छः सहमहामन्त्री पाण्डे

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली भूमि कालापानी क्षेत्रमा भारत सरकारले सडक निर्माण गरेको विषयमा सरकार कुटनीतिक प्रतिवादमा जाने बताएका छन्।डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा बोल्दै पाण्डेले भने ‘सीमा विवादमा सरकार कुटनीतिक प्रतिवादमा जानुपर्छ र जान्छ पनि ।’
‘मलाई जानकारी भएअनुसार र पत्रपत्रिकामा पनि आएअनुसार भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिपछि परिस्थिति झन जटिल भएको छ’ उनले भने,‘वार्ता प्रक्रिया अगाडि नबढेको र उनीहरु संवादमा आउनै नचाहेको अवस्था छ।
यी सबै विषयलाई समेटेर नेपाल सरकारको धारणा एउटा कुटनीतिक नोटको रुपमा भारत समक्ष कठाउने तयारी हुँदैछ भन्ने कुरा संचार माध्यमबाट मैले सुनेको छु।’
प्रतिक्रिया
Facebook Comment