सीमाबारे भारत सरकारको अडान यथावत छ, नेपाललाई जानकारी गराइसक्यौंः भारतीय दूतावास

काठमाडौं । भारतले नेपालसँगको सीमा विवादमा आफ्नो सरकारको अडान यथावत रहेको उल्लेख गर्दै भारतले यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ ।
काठमाडौंस्थित भारतीय दूतावासले शनिबार विज्ञप्ति जारी गर्दै बाँकी सीमा समस्यालाई घनिष्ठ र मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धको आधारमा सम्बोधन गर्न सकिने समेत बताएको छ ।
‘भारत-नेपाल सीमालाई लिएर भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ । नेपाल सरकारलाई यसबारे जानकारी गराइसकिएको छ’ विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक बनाउने घोषणा गरेपछि नेपालको पक्षबाट केही बोल्न नसकेको भन्दै देउवाको चौतर्फी आलोचना भएको छ।
प्रतिक्रिया
Facebook Comment