नगरप्रमुख एवं फोरम सचिव श्रेष्ठ आइशोलेसनमा

डिसी नेपाल
२ माघ २०७८ २०:४५

काठमाडौं । नगरपालिकाद्वारा सञ्चालित नेपाल– कोरियामैत्री नगरपालिका अस्पताल आउने बिरामी एवं कोरोना सङ्क्रमितको उपचारमा निरन्तर लागिरहेका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ ।

उपत्यका नगरपालिका फोरमका सचिवसमेत रहेका नगरप्रमुख श्रेष्ठ कोरोना सङ्क्रमण भएपछि चिकित्सकको सुझावसहित होमआइसोलेशनमा बसेका छन् । कोरोना भाइरसको पहिलो र दोस्रो सङ्क्रमणको महामारी फैलिरहँदा नगर अस्पतालमा शय्या विस्तार, पिसीआर मेसिन सञ्चालनदेखि अक्सिजन प्लान्ट स्थापनासम्ममा अस्पतालमै अहोरात्र खटिरहेका नगरप्रमुख श्रेष्ठलाई तेस्रो लहरको चरणमा भने कोरोना सङ्क्रमण भएको छ ।

नगरप्रमुख श्रेष्ठले घरमै आइसोलेशनमा बसेको जानकारी दिँदै नगरवासीलाई पनि कोरोनाबाट बच्न सचेतना अपनाउन आग्रह गरे । देशभर कोरोना भाइरस सङ्क्रमण बढेसँगै भक्तपुरमा आज एकैदिन ३२८ जनालाई कोरोना सङ्क्रमण भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *