संघीयता प्रशासनिक विकेन्द्रीकरण मात्र होइन:मन्त्री श्रेष्ठ

डिसी नेपाल
५ माघ २०७८ ७:३६

न्युहेम्प्शाय। संघीय मामिला तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले प्रशासनिक विकेन्द्रीकरणमात्रै सघीयता नभएको बताएका छन्।

उनले मुलुकमा हालको संघीयता प्रशासनिक विकेन्द्रीकरण जस्तो मात्रै रहेको उल्लेख गर्दै संघीयता विविध जात जाति, भाषा भाषी विभिन्न वर्ग, तह र भूगोलमा बस्न जनताको उचित व्यवस्थापन भएको जिकिर गरे।

‘सघीयताले समाज जस्तो छ, त्यस्तै राज्य निर्माणको विधि तय गर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘यसका लागि सविधान, कानुन परिवर्तन गर्नुपर्छ। यो सरकारले चाहेर मात्रै सभव छैन, तर हामीले प्रयास जारी राखेका छौं।’

जसपाको जनजागरण तथा सुदृढीकरण अभियान ‘सुज’ अन्तर्गत भर्चुअल जुममार्फत भेललाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन्। जनता समाजवादी पार्टीको जनवर्गीय विदेश संगठन नेपाली समाज अमेरिकाले हालै एक सुज अभियान अन्तर्गत जुमबाट कार्यक्रमको आयोजना गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *