बी एण्ड बी अस्पताललगायत विभिन्न ठाउँको अनुगमन

डिसी नेपाल
५ माघ २०७८ २१:३८

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले यहाँको विभिन्न ठाउँमा अनुगमन गरेको छ । मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आज सो काम गरिएको हो ।

सातदोबाटोस्थित सेल्सबेरी, ग्वार्कोको बी एण्ड बी अस्पताल तथा पुल्चोकको लबिम महलका साथै पाटनढोकाको भाटभटेनीमा समेत अनुगमन गरी भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको प्रजिअ घनश्याम उपाध्यायले बताए । उनले भने, “हामीले यस स्थानमा गएर कोभिडको जोखिमलाई मध्यनजर गरी विशेषरूपमा ध्यान पुर्‍याउन अनुरोध गरेका छौँ ।” प्रशासनको आग्रह नमान्नेलाई भोलिदेखि जरिवानासमेत गरिने भएको उपाध्यायले जानकारी गराए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *