१ अर्ब ६९ करोड ४६ लाखमा मेस्सीले खरिद गरे सुविधा सम्पन्न निजी विमान
स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लिओनल मेस्सीले नयाँ विमान खरिद गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार मेस्सीले अमेरिकाबाट सुविधासम्पन्न नयाँ विमान किनेका हुन् ।
खबरअनुसार मेस्सीले किनेको विशेष सुविधासहितको सो विमानको मूल्य १५ मिलियन अमेरिकी डलर हो । जसको नेपाली रूपैयाँ १ अर्ब ६९ करोड ४६ लाख रुपैयाँ पर्छ ।
मेस्सीले किनेको नयाँ विमान अहिले दर्ता प्रक्रियाका लागि मेस्सीको देश अर्जेन्टिना लगिएको छ । त्यहाँ आवश्यक दर्ता प्रक्रिया पूरा हुनेछ । यो विमानलाई शुक्रबारै अर्जेन्टिनाको राजधानी लगिएको बताइएको छ ।
निकै महँगो मेस्सीको विमानमा विशेष सुविधासहितका जम्मा १६ सिट रहेका छन् । त्यत्ति मात्रै हैन, यो विमानभित्रै दुईटा बाथरुम र दुईटा सुविधायुक्त किचेन रुमसमेत रहेका छन् ।
मेस्सीको नयाँ विमानको अगाडिको भाग र पुछारको भागमा मेसीले लगाउने जर्सी नम्बर १० लेखिएको छ । त्यसैगरी, जहाजको लिफ्टमा मेस्सीका परिवारको नाम लेखिएको छ ।
लिफ्टमा पत्नी एन्टोनियला, जेठो छोरा थियागो, माइलो छोरा एन्टोनला र कान्छा छोरा माटेओको नाम लेखिएको छ । यससँगै मेस्सीका निजी विमान जम्मा दुईटा भएका छन् । यसाअघि पनि मेस्सीको एक निजी विमान रहेको छ ।
Facebook Comment