लालीगुराँस नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द
काठमाडौं । कोरोना भाइरस कोभिड १९ तीव्र रूपमा फैलिरहेकोले तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ ।
नगरपालिकाको कर्मचारीहरूमा समेत संक्रमण देखिएपछि नियमित कामकाज गर्नसमेत समस्या भएकोले नगर कार्यपालिकाको निर्णयले यही माघ ८ गतेदेखि १३ गतेसम्म स्वास्थ्य संस्था बाहेकका सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविना श्रेष्ठले सार्वजनिक सूचना प्रकाशित गर्दै जानकारी गराएका छन् । नगरपालिकाको सबै वडाहरूमा समेत अत्यावश्यक काम बाहेक अन्य कामहरू बन्द गराएको सूचनामा जनाइएको छ ।
प्रतिक्रिया
Facebook Comment