स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक

डिसी नेपाल
८ माघ २०७८ ७:४५

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार सर्वदलीय बैठक बाेलाएका छन्।

निर्वाचन आयाेगले स्थानीय तहकाे निर्वाचनकाे मिति घाेषणा गर्न दिएकाे रायकाे समयसीमा गुज्रिँदै जाँदा सत्ता गठबन्धनमै सहमति नजुट्दा अन्याैल बढिरहेका बेला प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलसँग बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्न लागेका हुन्।

यसअघि शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेकाे थियाे। सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादी संघकाे निवार्चनपछि मात्र स्थानीय तहकाे निर्वाचन गर्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्री देउवा दबाबमा छन्।

किनकि स्थानीय तहका निर्वाचित जनप्रतिनिधिकाे कार्यकाली आगामी जेठमा सकिँदैछ। त्यसअघि नै निर्वाचन गर्नुपर्ने बाध्यता रहे पनि गठबन्धनकै घटकले त्यसअघि संघकाे निर्वाचन गर्नुपर्ने बताएपछि कानुनी र संवैधानिक अड्चन आइलागेकाे छ।

प्रमुख प्रतिपक्ष एमालेले संघकाे निर्वाचन पहिले कि स्थानीय तहकाे निर्वाचन भनेर टिप्पणी गरेकाे छैन । तर स्थानीय तहकाे निर्वाचन वैशाखमै हुनुपर्ने अडान राख्दै आएकाे छ ।

सर्वदलीय बैकठमा एमालेकाे सहभागिताबारे अन्याैल छ । एकीकृत समाजवादी सहभागी बैठक एमालेले बहिस्कार गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *