प्रदेशको नाम र राजधानीमा एकरुपता कायम गर्न मधेश सरकारको आग्रह
काठमाडौं । मधेश प्रदेश सरकारले नाम र राजधानीको विषयमा एकरुपता कामय गर्नका लागि ढाँचा सार्वजनिक गरेको छ।
मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामले सवै मन्त्रालयल आयोग र कार्यालयहरुलाई सम्बोधन गर्दै माघ ३ गते राजपत्रमा यस प्रदेशको नाम र राजधानी कायम भइसकेकाले एकरुपता कायम गर्न मधेश प्रदेश सरकार र राजधानी जनकपुरधाम प्रयोग गर्न गराउन अनुरोध गरेको हो।
प्रतिक्रिया
Facebook Comment