‘बिग बाश’ लिगमा हटाइयो सयौं वर्ष पुरानो टस प्रणाली, अब हुनेछैन ‘हेड्स’ र ‘टेल्स’

डिसी नेपाल
२५ मंसिर २०७५ ५:१३

मेलबर्न। क्रिकेटमा सयौं वर्षदेखिको टस प्रणाली अब अस्ट्रेलियाको बिग बाश लिगमा देख्न पाइने छैन । अब यहाँ टसमा ‘हेड्स’ र ‘टेल्स’ हुने छैन जसको ठाउँ ‘हिल्स’ र ‘फ्ल्याट्स’ले लिनेछन् । वर्षौं पुरानो सिक्काको टस प्रणालीलाई विस्थापित गर्दै यहाँ ब्याट फ्लिप (ब्याट घुमाएर हावामा फाल्ने) टस प्रणाली भित्र्याइएको छ । ब्याट भुइँमा खस्दा ब्याटको कुन भाग माथि पर्छ भन्ने आधारमा टस विजेता निर्धारण हुनेछ ।

अहिले अस्ट्रेलियामा ‘हिल्स’ धेरै कल हुने गरेको छ किनकि सामान्यतया ब्याट भुइँमा खस्दा फ्ल्याट साइडबाट खस्ने विश्वास गरिन्छ । तर बिग बाश लिगको लागि खास किसिमको ब्याट डिजाइन गरिएको छ । यो ब्याटमा कुन साइड माथि पर्छ भन्ने सामान्य ब्याटमा जस्तो अनुमान गर्न नसकिने बनाइएको छ । ‘मेरो लागि यो निकै ठूलो कदम हो, यसले बिग बाश लिग के हो भन्ने प्रतिनिधित्व गर्छ’ क्रिकेट अस्ट्रेलियाका बिग बाश लिग प्रमुख किम म्याकिनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *