आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा बर्मा
काठमाडौं। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा कृष्ण बर्मा चयन भएका छन् । अध्यक्ष झविन्द्र खनाल उपसचिवमा बढुवा भएसँगै रिक्त भएको पदमा निजामती कर्मचारी युनियन अर्घाखाँचीले बर्माको नाम सिफारिस गरेपछि बर्माले आज नै पदभार ग्रहण गरेका हुन् । आज नै पूर्व अध्यक्ष खनाललाई औपचारिक विदायीसमेत गरिएको छ ।
त्यस्तै नेपाल निजामती कर्मचारी संगठनबाट सिफारिस भएका हरिप्रसाद डुम्रेले उपाध्यक्षमा र युनियनबाटै सदस्यमा सिफारिस भएका नारायण दमासेले पनि आज नै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष बर्माले निजामती कर्मचारीहरूको हक हितमा रहँदै अधिकतम रचनात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
इमानदार शालीन अनि भद्र व्यक्तित्व खनालको नेतृत्वमा युनियनले जिल्लामा निकै उदाहरणीय काम गर्न सफल भएको थियो । खनालले करिब १ वर्ष आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको नेतृत्व गरेका थिए ।
Facebook Comment