५६ जनालाई अपाङ्ग परिचयपत्र
काठमाडौं। गुल्मीको मालिका गाउँपालिकाले वडामै पुगेर अपाङ्ग परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाका विभिन्न तीन स्थानमा सञ्चालन गरिएको शिविरबाट ५६ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको हो ।
पहिलो दिन माघ ११ गते वडा नं २ दर्लिङमा १६ तथा दोस्रो दिन बुधबार वडा नं ४ अर्खबाङ्गमा १७ जनालाई परिचय पत्र वितरण गरिएको थियो । त्यसैगरी तेस्रो दिन बिहीबार वडा नं ७ घमिरबाट २३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए।
परिचयपत्र लिएकामध्ये ‘क’ वर्गका १०, ‘ख’ वर्गका २४, ‘ग’ वर्गका १३ र ‘घ’ वर्गका नौ जना रहेका छन् । ‘क’ र ‘ख’ वर्गको अपाङ्गका लागि राज्यबाट क्रमशः रु तीन हजार ९९० र रु दुई हजार १२८ प्राप्त हुने प्रशासकीय अधिकृत भण्डारीले बताए।
प्रतिक्रिया
Facebook Comment