सपनाहरूको सपना पुलकित हुँदै
चितवन। चितवनको सौराहामा रहेको सपना स्कुल र ललितपुरको युलेन्स एजुकेशन फाउण्डेशनबीच शैक्षिक सहकार्य गरिएको छ। दुबै विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउँदै शिक्षाको गुणस्तर विकास गर्ने उद्देश्यले सहकार्य गरिएको सपना स्कूलका अध्यक्ष वर्षा पूरीले जानकरी दिइन्।
विद्यार्थीको क्षमतालाई चिनेर बच्चाको चाहना र आवश्यकता अनुसार बाँच्नको लागी आवश्यक पर्ने जिवन उपयोगी शिक्षा तथा व्यवहारिक शिपमुलक शिक्षा सिकाइने २१ औं शताब्दीको बाल केन्द्रीत शिक्षा प्रणालीमा आधारित सपना स्कूल चितवनको सौराहामा अवस्थित छ। प्रकृतिसँग रमाउँदै खेल्दै सिक्ने र खेल्ने क्रममा आइपरेका समस्याहरूको समुहबाटै बच्चा आँफैले समाधान गर्ने र सानै उमेर देखी जिम्मेवार हुन सिकाईने पृथक पाठशालामा विपन्न, सिमान्तकृत र मध्यम वर्गका गरी कुल २५ विद्यार्थि सपना स्कुलमा अध्यायरत रहेका छन्।
शुक्रवार एक कार्यक्रमकाबीच सपना स्कूलका संरक्षक ध्रुव गिरी र युलेन्स एजुकेशन फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत डा. अरनिको पाँडेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त द्विपक्षिय सहकार्य कार्यक्रममा रत्ननगर चितवनका मेयर नारायण वन, वडाध्यक्षहरु बलराम दाहाल, राजन भट्ट, सपना भिलेज सोसल इम्प्याक्टका निर्देशक डा कृष्णप्रसाद पौडेल, युलेन्स एजुकेशन फाउण्डेशनकी कार्यक्रम विकास अधिकृत अनुष्का पाण्डेको रोहबरमा दुई विद्यालय बीच सम्झौतापत्रमा हस्ताक्षर भएको भएको छ।
सपना र युलेन्स स्कुलले अबलम्बन गरेको शिक्षण सिकाइ र पाठ्य पद्धति समान भएकाले सहकार्य सम्भव भएको प्रमुख कार्यकारी अधिकृत डा पाँडेले बताएका छन्
सम्झौतापत्रमा चार मुख्य विषयहरुलाई प्राथमिकतामा राखिएको छ।
सपनाले अबलम्बन गरेको खैल्दै सिक्दै सिकाइ पद्दतीलाई संस्थागत रुपमा अगाडि बढाउने, सपना स्कुलको शैक्षिक विकासको लागि योजना निर्माणमा युलेन्सले सहयोग गर्ने, युलेन्सको अनुभव र विशेषतालाई सपना स्कुलमा प्रयोग गर्ने, युलेन्सको पाठ्यक्रमका आधारमा सपना स्कुलमा पढाई सुरु गर्ने सम्झौतापत्रमा उल्लेख छ।
Facebook Comment