ग्यास विस्फोटमा ज्यान गुमाएको परिवारलाई ललितपुर महानगरको ११ लाख सहयोग

डिसी नेपाल
१७ माघ २०७८ १८:०२

ललितपुर । ललितपुर महानगरपालिकाले ग्यास विस्फोटमा ज्यान गुमाएकाको परिवार र घाइतेलाई ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

गत कात्तिकमा ललितपुरको नबहाल टोलमा भएको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा लक्ष्मी ताम्राकारसहित चार जनाको मृत्यु भएको थियो ।

महानगरले मृतकका परिवार र घाइतेलाई विपद व्यवस्थापन समितिमार्फतको एक लाखसहित ११ लाख रुपैयाँ अनार ताम्राकारलाई हस्तान्तरण गरिएको हो ।

नगरपालिका भवनमा सोमबार रकम हस्तान्तरण गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *