च्याम्पियन्स लिग : बार्सिलोना र टोटेनहम भिड्दै
एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबलमा मंगलबार विभिन्न आठ खेलहरु हुँदैछन् ।
मंगलबार युरोपका ठुला क्लबहरु पेरीस सेन्ट जर्मेन (पिएसजी), लिभरपुल, इन्टर मिलान र टोटेनहम लगायतका क्लबको निर्णायक खेल रहेको छ ।
मंगलबार समूह बीमा बार्सिलोना र टोटेनहमबीच खेल हुँदैछ । बार्सिलोनाको घरेलु मैदानमा हुने यो खेलको नतिजाले बार्सिलोनालाई खासै फरक नपाने पनि पाहुना टिमलाई भने निर्णायक हुनेछ । किनकी बार्सिलोना दुई खेल बाँकी रहदै अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।
बार्सिलोना १३ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । टोटेनहम ७ अंक सहित दोस्रो स्थानमा छ । ७ अंक नै जोडेको इटालियन क्लब इन्टर मिलान चौथो स्थानमा छ ।
स्टार स्ट्राइकर लियोनल मेस्सीको साथ पाएको बार्सिलोना जित निकाल्दै च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ । टोटेनहम भने बार्सिलोनालाई हराएर अन्तिम १६ मा पुग्ने लक्ष्यमा हुने छ।
समूह बी कै अर्को खेलमा इन्टर मिलानले पीभीएससंग खेल्दैछ । मिलानको लागि पनि यो निर्णायक खेल हुनेछ । मिलानले पीभीएसलाई हराए उसले अन्तिम १६ को यात्रा तय गर्न सक्नेछ ।
समूह सी अन्तर्गत आज पिएसजीले रेड स्टार बेलग्रेडसंग खेल्नेछ । यस्तै लिभरपुलले नापोलीको सामना गर्नेछ । आजको खेल पिएसजी, लिभरपुल र नापोलीका लागि महत्वपूर्ण रहेको छ । आज जित निकाल्ने टोलीले अन्तिम १६ को यात्रा तय गर्नेछन् ।
Facebook Comment