दृश्य परिदृश्यको भ्रम, अबचेतन मनको धारणा र बिचारको अद्भुत शक्ति
रोइ रोइ लेखौं कि हाँसी हाँसी। रोइ लेखौं भने सारा लेख र भावनाका उभारहरु रुन्चे रुपमा प्रस्तुत हुन जान्छन् हाँसी हाँसी लेखुं भने हाँस्न र हसाउन लायकका कुरा समेट्नै गाह्रो। तैपनि लेखलाई माथिल्लो श्रेणीमा राखेर यो लेख लेख्दैैछु।
मानिस घरबाट बाहिर जान्छन् र भित्र आउँछन्। जान्छन् कहाँ थाहा छैन्, कोही कार्यालय जान्छन्, कोही बिहानै आफ्नो र आफ्नो परिवारको दैनिकी चलाउन कति ठाउँमा आफूलाई बेचिरहेका हुन्छन् कति मागी रहेका हुन्छन् त कति अर्काको नीच बचन र लात भोगिरहेका हुन्छन् कोही होटेलमा गई ब्रेअक फास्ट, लन्च र डिनर लिइरहेका हुन्छन्।
कोही व्यापारमा लागेका हुन्छन् कोही राजनीति गर्न, कोही वकालत गर्न, कोही न्यायाधीश बन्न लागेका हुन्छन्। बिद्यार्थी पढ्न र मास्टर पढाउन र कोही कथा पुराण सुन्न र कोही सुनाउन जान्छन् भने कोही देश, विदेश घुम्न गएका हुन्छन् र यस्तै हुन्छन् अनेकन। तर म कोठैमा बसीबसी देश भ्रमण गर्छु। विदेशको दृश्य मनमा ल्याउँछु र विदेश गएकै जस्तो धारणा लिन्छु।
यति भएपछि विदेश नगएमा पनि सारा संसार त्यो निर्मल धारणाले ओतप्रोत भइ प्रभावित रहन्छ। किनकि देख्नु, हेर्नु र सुन्नुमा खास अन्तर छैन। तीनै चीजहरु आखीर भ्रमका पर्यायबाचक शब्दहरु हुन्। केही शयन पश्चात स्मृतिमा पुग्न जान्छन्। तर बिचार र धारणाहरु भनेको देख्नु, हेर्नु र सुन्नु भन्दापनि माथि हुन्छन्। सधैं ताजगी बनी रहन्छन्। पतञ्जलि योगको छैठौं अंगमा पहिले धारणा रहन्छ। सातौंमा ध्यान र आठौंमा समाधि।
तसर्थ बाहिर देख्नु, हेर्नु र सुन्नमा आएका सब कुराहरु धेरै धेरै बर्ष पश्चात भौतिक धारणामात्र भई चेतनको कुनै कोठामा निर्लज्ज हुँदै कुण्ठा बनि स्मृतिको रुपमा मात्र रहेको हुन्छ र बितेको पलको सम्झनामा रही अन्ततः विलीन हुन पुग्छन्।
ती कुराहरुले मानिसलाई कुनै ठीक ठाउँमा पुर्याउँदैन। तर धारणा, ध्यान र समाधिले बिस्तारै मानिसलाई उकास्दै लगेर अन्ततः इश्वरसँग साक्षात्कार गराउँछ। इच्छाशक्ति प्रबल बनाउदँछ र सहजै अरुलाई पनि प्रभावित बनाउन सफल हुन्छ। धारणा त्यस्तो शक्तिपात हो जसले अरुलाई पनि आफ्नो धारणा सरह बनाउन सक्तछ।
तर देख्ने, हेर्ने र सुन्नेले भने केवल कोरा देख्दछ, हेर्दछ र सुन्दछ मात्रै। त्यसले प्रभावित गर्न सक्दैन। तसर्थ शुद्ध र मंगल धारणाको आलोकले उसले मानिस, समाज, राष्ट्र र संसार नै आफूमाथि प्रभावित गर्न सक्दछ।
यस्तो मंगल र निर्मल धारणाले मानिसलाई ध्यानको उचाईमा पुर्याउने काम गर्दछ र ध्यान पछिको अर्को खुड्किलो उक्लन सवल बनाइ अन्ततः समाधीको तहमा प्रवेश गराउँदछ, जहाँ उसका सारा धारणा सास्वत हुन्छन् र झन्डै इश्वरसँग एकाकार हुन्छ।
धारणा एक अबलोकन योग हो भने समाधि कुनै पनि चीजलाई आफूतिर समाहित गराउने योग हो। जुन सबै आफूतिर आर्किस्ट हुन्छन्। हेर्नु र देख्नु अली फरक भएतापनि अर्थमा धेरै भिन्नता छ। नजिकबाट हेर्नुलाई हेर्ने भनिन्छ र टाढाबाट हेर्नुलाई देख्ने भनिन्छ।
अंग्रेजीमा “TO LOOK IS NOT TO SEE AND TO SEE IS NOT TO LOOK” भनिन्छ। अर्थात् नजिकबाट नियालेकोलाई हेरेको भनिन्छ र टाढाबाट नियालेकोलाई देखेको भनिन्छ्र ऐना हेरिने हो देख्ने होइन।
दृढ र मंगलमय र निर्मल धारणाको विस्वाशको कारणले अर्काको मनलाई कसरी खिच्न र प्रभावित गर्न सकिन्छ भन्ने कुरा सन् १९१० मा हिटलर को पालामा एक वोल्फ मास्सिनी नामक रुसी युवकले आफ्नो आत्म-जीवनीमा बिना टिकट रेलमा यात्रा गर्दा टिकट जाँचकीको डरले सिट भन्दा मुनि बसेका ती युबक अगाडि टीटी उभिएर युवकसँग टिकट माग्दा उनले हठात् आफ्नो आत्मा बलको धारणाले एक साधारण कागजको टुक्रालाई टीटी समक्ष प्रस्तुत गरेपछि पश्चात टीटीले टिकट भएको मान्छे किन मेच मुनि बसेको? भनि सीटमा बस्न आदेश दिएका थिए। यसले उनलाई उनको धारणाको मनोबल बढेको महशुश भयो।
यसै गरि उनले एउटा खोस्टो कागजबाट रुसमा १ लाख रुवल बैंकबाट निकाल्न सफल भएका थिए। यो कुरा स्वयम् जोसेफ स्टालिनले थाहा पाइ विस्वासै नगरी ती युवक मेस्सिनीलाई रातको १२ बजे उनलाई आफ्नो कोठामा बोलाएर परीक्षा लिएका थिए, जुन साधारण व्यक्तिलाई असम्भव थियो।
किनकि त्यो बेला रुसको क्रेम्लिन दरबारको १०० कोठाहरु प्रत्येकमा आलोपालो छली, छली स्टालिन बस्ने गर्थे आफ्नो सुरक्षार्थ त्यो कुरा आफ्नै पत्नीलाई पनि थाहा हुँदैनथ्यो। तर ती आफ्नो धारणामा अटल विस्वाश राख्ने युबक वोल्पÞm मेस्सिनी रातको ठीक १२ बजे स्टालिन बसेकै कोठामा पसेर उनको अगाडि उभिन पुगे।
यो देखेर स्टालिन तीन छक्क परे। स्टालिनले के महसुस गरे भने हतियार भन्दा धारणा र अटल विश्वास ५० गुणा शक्तिशाली हुन्छ। यस्तै चमत्कारी काम गर्ने एक कार्ल अटोभिक नामक युवकलाई सन् १९३८ मा रसियामा भ्रामक प्रचार गरेको आरोपमा उनलाई मारिएको थियो। तर सन् १९४० को त्यो प्रत्यक्ष घटनापछि स्टालिनले यस्तो काम गर्ने कसैलाई पनि मार्ने आदेश दिएनन्।
रुसी लेखक नान्गोभले लेखेका छन्–“ The ultimate weapon is thought and the ultimate weapon in war is using psychic power” अतः धारणालाई एकाग्र बनाउँदै निरन्तर लागेमा सबै कुरा शिद्ध हुन्छ, किनकि हरेक धारणाहरु स्थानान्तरंको अबस्थामा हुन्छन्।
देश घुम्ने र विदेश घुम्ने तर आफ्नो धारणालाई बेवास्था गरी अनिर्मल बनाइ सदा नकारात्मक सोचाइलाई नै अगाडि सारी उही जोश, इश्र्या, लोभ, मोह र अहंकारलाई नै आफ्नो सर्ताज बनाइ हिँड्नेहरुको धारणा कहिले प्रबल रहन सक्दैन र उ जहाँको त्यहीँ नै रहन्छ। धारणाको शक्तिपातको अनुपातमा हेर्ने, देख्ने र सुन्ने कुरा केही होइन।
केवल आफ्नो बडप्पन र अहंकार बढाउने र ज्यादा आफूलाई तार्किक बनाउने मात्र हो जुन कुरा भ्रम मात्र हो। जगत वा संसार बाहिरी दृष्य वा भ्रममा नै अल्मलिएको छ। जगदीश रुपी धारणाको शक्तिको प्रभावमा एकै आसनमा बसिकन पनि संसारलाई आफ्नो वशमा वा ससारलाई हल्लाउने र प्रभावित पार्ने मानिसहरु दुनियामा धेरै जन्मिए भने झन् धारणाबाट अष्टांग योगको आठौँ पाउमा पर्ने ध्यान (MEDITATION) मा पुगेपछि अर्कै ससारमा पुगिन्छ र समाधि (ABSORVATION) को अन्तिम पाउमा पुगेपछि त झन्डै इश्वरसँग साक्षात्कार हुने कुरा वेद पुराणमा स्पस्ट बर्णन गरिएका छ।
महाबीर भन्छन – स्वासलाई मन्द गतिमा निरन्तर लिने छोड्ने अभ्यास मात्र भएमा पनि अन्तत चित्त शुद्धि प्राप्त हुन्छ र संकल्प शक्ति अति बलवान हुन्छ। परापूर्वकालमा ऋषि मुनिहरू र ज्ञानीहरुले दिएका आर्शीवाद र श्रापको बलियो प्रभाव परेको सर्वविदितै छ।
भनिन्छ भगवान श्रीकृष्णजी पतञ्जलिको सम्पूर्ण योग अभ्यासमा पारंगत थिए। उनी जगदीश बन्ने जगतलाई आफ्नो अधीनमा राख्न सक्नुलाई नै जगदीश भनिन्छ। पृथ्वीमा पाइने चिन्तामणि र स्वर्गमा पाइने कल्पतरुले सबैकुरा प्राप्त हुन्छन्। तर जगदीशको श्रीपेच भने पाउन सकिँदैन। तसर्थ यस्तो परम पुरुषत्वलाई पाउन योग धारणालाई नै प्रबल बनाउ नै पर्दछ। अन्न्यथा त्यो प्रबल शक्तिलाई अनुभूती गर्न सकिँदैन।
Facebook Comment