हिउँमा फसेका ३४ जनालाई राहत दिएर फर्कियो हेलिकोप्टर

डिसी नेपाल
२३ माघ २०७८ १७:१२

जुम्ला । तातोपानी गाउँपालिका ८ मा हिउँमा फसेका नागरिकलाई राहत दिएर हेलिकोप्टर फर्किएको छ । गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न गएका सर्वसाधारण भारी हिमपातमा फसेपछि कर्णाली प्रदेश सरकारले हेलिकोप्टरमार्फत राहत वितरणको व्यवस्था मिलाएको हो। बिहीबारदेखि परेको हिमपातका कारण जडिबुटी संकलन गर्न पाटन गएका तातोपानी ८ का ३४ जना हिउँमा फसेका हुन् ।

स्थानीयका अनुसार गाग्रीको लेक ऐडी ओढारमा र खोटी सल्लामा बसिरहेका उनीहरूलाई राहत सामग्री दिएर हेलिकोप्टर फर्किएको हो । हिउँ बाक्लो जमेकाले उनीहरू सहजै घर फर्कने अवस्था नभएकाले प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले बताइन । सोही कारण उनकै पहलमा कर्णाली सरकारले खाद्यन्न खसालेको हो ।

हेलिकोप्टरले ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका नागरिकलाई राहत दिएर फर्किएको तातोपानी ८ का सुरत बहादुर शाहीले बताए । जडिबुटी (खिरौलो) कोर्न गएका गएका ३४ जना यहाँ फसेको खबर आएको उनले बताए । हेलिकोप्टर ल्याड गर्ने अवस्था नभएपछि राहत वितरणको व्यवस्था मिलाइएको हो ।

यस अछि ५५ जना हिउँमा फसेको खबर आए पनि प्रशासनमा ३४ जनाको लिष्ट आएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताइन । उनले भनिन्, ‘राहत दिने स्थानमा २० जना जति देखिएको र सबै सहकुसल रहेको अनुमान छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *