पेरिस सेन्ट जर्मेन (पीएसजी) अघिल्लो चरणमा : युरोपियन च्याम्पियन्स लिग

डिसी नेपाल
२६ मंसिर २०७५ ३:३४

जारी युरोपियन च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) अघिल्लो चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले रेड स्टार बेलग्रेडविरुद्ध शानदारज जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

रेडस्टारको घरेलु मैदानमा भएको खेलमा पीएसजीले ४–१ को जित निकालेको हो । पीएसजीको जितमा इडिन्सन काभानी, नेयमार, मार्कुइन्होस् र किलियन एम्बाप्पेले समान एक–एक गोल गरेका थिए । यस्तै घरेलु टोलीका लागि मार्को गोबेल्जिकले एक गोल फर्काएका थिए ।

खेलको नवौं मिनेटमा काभानीको गोलले सुरुवाती अग्रता बनाएको पीएसजीका लागि नेयमारले ४० औं मिनेटमा गोल गर्दै २–० को अग्रता बनाए ।

पहिलो हाफ २–० गोलले पछाडि रहेको रेड स्टारले खेलको ५६ औं मिनेटमा गोल गर्ने मौका पायो । उसका लागि मार्कोले गोल गरेका थिए । यस्तै खेलको ७४ औं मिनेटमा मार्कुइन्होसले गोल गर्दै ३–१ को अग्रता दिलाउँदा एम्बाप्पेले खेलको इन्जुरी समयमा गोल गर्दै ४–१ को जित दिलाए ।

यससँगै पीएसजी समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ भने रेड स्टार बाहिरिएको छ । पीएसजीसँगै लिभरपुलले दोस्रो चरणमा स्थान बनाएको छ । लिभरपुलले मंगलबार रातिकै खेलमा नापोलीलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाएको हो ।

समूह ‘सी’ मा पीएसजी समूह विजेता हुँदा लिभरपुल उपविजेता बनेको छ । जारी लिगमा ६ खेल खेल्दा ३ खेलमा जित २ खेलमा बराबरी र एक खेलमा जित निकाल्दै पीएसजीले ११ अंक बनाएको छ भने लिभरपुलले समान खेलमा ३ खेलमा जित र ३ खेलमा हार व्यहोर्दै ९ अंक बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *