करिन कपुरकी सौतेनी छोरी सारालाई जितिन श्रीदेबीकी छोरी जान्भीले
काठमाडाैं , अभिनेता सैफअली खानकी छोरी साराअली खान र सुशान्त राजपुतको फिल्म ‘केदारनाथ’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । ‘२.०’को दबदबा रहिरहेका वेला पनि केदारनाथ हेर्न दर्शकको भिड छ । फिल्मले तीन दिनमा २८ करोड भारुको व्यापार गरेको छ ।तर, साराभन्दा केही समयअघि धडकबाट डेब्यु गरेकी थिइन् श्रीदेवीकी छोरी जाह्नवी कपुर ।
तर, तीन दिनको कमाइको हिसाबमा साराभन्दा जाह्नवी अगाडि देखिएकी छिन् । नयाँ पत्रिकामा खबर छ । धडकले पहिलो तीन दिनमा ३४ करोड भारुको व्यापार गरेको थियो ।हिन्दू युवती र मुस्लिम युवकबीचको प्रेमकथामा बुनिएको केदारनाथमा सन् २०१३ मा भारतको उत्तराखण्डमा आएको बाढीको विनाशलाई सेट तथा एनिमेसन पद्धतिबाट प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment