शृंखलाले मिस वर्ल्ड भेनेसालाई बधाई दिँदै भनिन्, ‘चाँडै नेपालमा भेटौंला’
मिस नेपाल शृंखला खतिवडाले यसपटकको ‘मिस वर्ल्ड–२०१८’ की विजेता भनेसा पोन्सलाई म एकदमै खुशी छु भन्दै बधाई दिएकी छन् ।शृंखलाले यस प्रतियोगितामा ‘ब्युटी विथ अ पर्पोज’ र ‘मल्टिमिडिया अवार्ड’ पाएकी थिइन् ।आफ्नी प्रतिद्वन्दीसमेत रहेकी मेक्सिकोकी सुन्दरी भनेसालाई शृंखलाले इन्स्टाग्राममा फोटो राख्दै बधाई दिएकी हुन् ।साथै स्टटापनि लेखेकी छन्, ‘हे मिस वर्ल्ड ! बधाई छ माया ।
तिमी एक प्रभावशाली महिला हौ । सधैं तिमीलाई मिस वर्ल्डमा चुनौती दिँदै गरेको रुपमा देखेकी छु । म एकदमै खुशी छु । म विश्वस्त छु कि हामी सबैलाई तिमीले गौरवान्वित बनाउने छौ । नेपालबाट तिमीलाई माया ।’यसवर्ष नेपाली सुन्दरी शृंखला खतिवडा मिस वर्ल्ड हुने चर्चा नेपालमा चुलिएको थियो । तर, ताज भने मिस मेक्सिकोले पाएकी थिइन् ।
Facebook Comment